Skin_Hospital_Dhn

बुढीगंगाको एक वडा कार्यालयमा चार राजनीतिक दलले लगाए ताला

बाजुराः चार राजनीतिक दलले बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवदी केन्द्र र एकीकृत समाजवादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।

लामो समयदेखि वडा सचिव, पञ्जीकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै तालाबन्दी गरिएको जनाइएको छ।

सम्बन्धित
Loading...