
बझाङः बझाङमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत फेला परेकी हुन् ।

आज बिहान ७ बजेको समयमा दीक्षा आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताइएको छ ।
