Skin_Hospital_Dhn

अत्तरिया उद्योग वाणिज्य संघमा किन लगाइयो ताला ?

धनगढीः अत्तरिया उद्योग वाणिज्य संघ कैलालीमा ताला लगाइएको छ। मंगलबार अत्तरियाका व्यवसायीहरूले उद्योग वाणिज्य संघमा ताला लगाएका हुन्।

अत्तरियामा आयोजित आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले ताला लगाएको बताइएको छ।

नक्कली टिकट ठेलीका विषयमा सत्यतथ्य छानबिन गर्न आनाकानी गरिएकाले वाणिज्य संघमा ताला लगाइएको व्यापारीहरूको भनाइ छ। यही माघ ७ गतेसम्म सञ्चालित महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली भेटिएका थिए।

सम्बन्धित
Loading...