

धनुषा: मधेश प्रदेश सरकारबाट सिके राउतले नेतृत्व गरेको जनमत पार्टी बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जनमत पार्टी सरकारबाट बाहिरिएको हो।
मधेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार पदबाट राजीनामा दिएका छन्। जनमत पार्टीको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै समर्थन फिर्ता लिँदै मन्त्रीले राजीनामा दिएका हुन्।
