Skin_Hospital_Dhn

आफ्नो ब्रेकअपको समाचार देखेर मानसिक पीडा भएको एलिनाको गुनासो

काठमाडौंः गायिका एलिना चौहानले आफ्ना व्यक्तिगत जीवन गोप्य राख्ने अधिकार आफूसँग मात्र भएको बताएकी छिन्। केही दिन यता सञ्चारमाध्यममा उनको प्रेमसम्बन्ध वियोगमा परिणत भएको समाचार आएपछि उनले सञ्चारमाध्यमले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी छिन्।

उनले एक स्टाटस लेख्दै आफ्नाबारे आएका समाचारबारे भनेकी छिन्, ‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो रुके कसैलाई मैले बनाउन लगाएको हो?’

उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधि आफ्नो इच्छाबिना समाचार बनाएकोप्रति रोष प्रकट गरिन्। उनले आफ्नाबारे समाचार लेख्नुभन्दा समाजका बारेमा सञ्चारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छिन्।

सम्बन्धित
Loading...