Skin_Hospital_Dhn

आजको मौसमः तराइमा हुस्सु, हिमालमा हिमपातको सम्भावना

काठमाडौँः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका अधिकांश भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर समेत चलेको छ ।

महाशाखाले आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति मुलुकका अधिकांश भागमा मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना छ ।

मुलुकका विभिन्न भागमा हुस्सु, कुहिरो तथा हिमपात हुनसक्ने भएकाले यसबाट हुने असरबाट जोगिन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...