
काठमाडौं: दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल आज (बुधबार) समूह डी को दोस्रो खेलमा पाकिस्तानसँग भिड्दै छ।

खेल नेपाली समयानुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो।

पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले हराएको थियो।
नेपालले गत महिना एसीसी यू–१९ एसिया कपमा पनि पाकिस्तानविरुद्ध खेलेको थियो। जसमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो।
