Skin_Hospital_Dhn

बझाङमा जिपले ठक्कर दिँदा महिला घाइते

धनगढीः बझाङमा जिपको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका- ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीया महेश्वरी मल्ल घाइते भएकी हुन्।

बुधवार बिहान बागथलाबाट चैनपुर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ। घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...