बलात्कार आरोपमा प्रहरी नै पक्राउ

माइत हिँडेकी एक महिलालाई बलात्कार गरेको आरोप

काठमाडौं ।
प्रहरी जवानलाई बलात्कारको आरोपपछि पक्राउ गरिएको छ । सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्की बलात्कार मुद्धामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेर उनीविरुद्ध जबरजस्तीकरणीमा मुद्धा समेत दायर गरेको जनाएको छ ।

आरोपित कार्कीले सल्यान माइत जाँदै गरेकी एक महिलालाई बाटोबाटै होटलमा लगेर बलात्कार गरेको आरोप लागेको हो ।

Gaurishankar Dental

माइत नपुगेपछि महिलाको श्रीमानले सोधपुछ तथा खोजी गर्दा आफूमाथि बलात्कार भएको भन्दै घटनाको बारे खुलासा भएको थियो ।

घटना खुलेपछि श्रीमान र श्रीमती दुवै उपस्थित भएर कार्कीबिरुद्ध मुद्धा दायर गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै अनुसन्धानका क्रममा महिला र कार्कीबिच पुरानै सम्बन्ध भएको पनि खुललेको प्रहरीले जनाएको छ ।

होटलमा बस्न पुगेका ती महिलाले रेकर्ड खातामा कार्कीलाई आफ्नो श्रीमान भनि उल्लेख गरेको पाइएको पनि बताइएको छ ।

कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा राखेर घटनामा अनुसन्धान भइरहेको दाङ प्रहरीको भनाइ छ ।

सम्बन्धित
Loading...