Skin_Hospital_Dhn

भालुको आक्रमणमा परि अछाममा दुई युवती घाइते

अछामः भालुको आक्रमणमा परि अछाममा दुई युवती घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका–५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह भालुको आक्रमणमा परि घाइते भएका हुन् ।

वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहका अनुसार खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको हो । उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको वडा अध्यक्ष शाहले बताए ।

सम्बन्धित
Loading...