Skin_Hospital_Dhn

धनगढीका व्यवसायी अग्रवालले पाँच तलाबाट हाम फाले

धनगढीः कैलालीको धनगढीका एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेका छन्। धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन्।

बुधवार आज बिहान करिब ११ः२० बजेतिरको समयमा उनले हाम फालेको बताइएको छ। घरायसी विवादका कारण घरको छतबाट हाम फालेका उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। बेहास अवस्थामा रहेका अग्रवाललाई उपचारका लागि नवजीवन अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...