
धनगढीः बझाङमा जिपको ठक्करबाट घाइते भएकी महेश्वरी मल्लको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका–४ बागथलाकी ५५ वर्षीया महेश्वरी मल्लको जिपको ठक्करबाट मृत्यु भएको हो ।

बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिँदा मल्ल घाइते भएकी थिइन् । बुधवार बिहान बागथलाबाट चैनपुर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार सम्भव नभएपछि थप उपचारका लागी धनगढी लैजाँदै गर्दा बिच बाटोमै मृत्यु भएको हो । सो जिप र जिपका चालक विनोद स्याउडालाइ प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।
