
धनगढी: धनगढीमा घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका व्यवसायी अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवाल रहेका छन्।

उनको उपचारका क्रममम नवजीवन अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। घरायसी विवाद हुँदा आज (बुधबार) बिहान ११ः२० बजेतिर उनले आफ्नै घरको ५ तलाबाट हाम फालेका थिए।

छतबाट हाम फालेर बेहोस भएका उनलाई तत्काल नवजीवन अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा उनको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
