Skin_Hospital_Dhn

धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँसियो

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कैलालीले बुधबार मेयर हमालको घरको गेटमा कालो ब्यानर टाँसेको हो।

सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा संगठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले यसअघि नै कालो ब्यानर टाँस्ने चेतावनी दिएका थिए।

सोहीअनुसार आज उनीहरूले हमालको घरमा कालो ब्यानर टाँसेका हुन्। धनगढी उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पुस २१ गते नगरप्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टिमेटमसहित हुलाकमार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएको सो संगठनले जनाएको थियो।

यस्तो छ संघर्षका कार्यक्रम :

सम्बन्धित
Loading...