Skin_Hospital_Dhn

सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

काठमाडौंः नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित
Loading...