

धनगढीः डडेल्धुराका एक किशोर बेपत्ता भएका छन्। डडेल्धुराको परशुराम नगरपालिका परिगाउँका १५ वर्षीय दौलत नाथ मंगलबारदेखि बेपत्ता भएका हुन्।
मंगलबार घरबाट हिँडेर भारतको टनकपुरसम्म पुगेको र त्यँहाबाट उनी बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ। हालै ब्रतबन्ध गरेकाले बालकको कपाल पूरै खौरिएको जनाइएको छ। बालकलाई देख्ने जोसुकैले नजिकैको प्रहरी चौकी अथवा बुवा नरि नाथ ९८६५६८३८१४, दाजु ९८४८६२४६३७ नम्बरमा सम्पर्क गरि दिनहुन अनुरोध गरिएको छ।
