Skin_Hospital_Dhn

गायिका मेनुका पौडेलले आँखा देख्ने भइन् !

काठमाडौं: इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई समयले साथ दिइरहेको छ। यो गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छिन्। यतिबेला भने मेनुकालाई लिएर खुसीको खबर छ।

अब उनले एक्लै हिँड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन्। इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले यी काम गर्न सक्नेछिन्।

मेनुकालाई यो उपचारमा इण्डियन आइडलले सघाउने भएको छ। यसैसाता आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो। चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताए।

ती डाक्टरले भनेका छन्, ‘आँखामा अप्टिक नर्भ्स हुन्छ। मेनुकाको त्यो नर्भ्सले काम गरेको छैन। उनले पूर्णरुपमा देख्न सक्ने सम्भावना छैन। यो परिस्थितिमा हामीसँग यस्तो डिभाइस छ, जसले केही कामहरु आफैं गर्न सक्नेछिन्।’

ती चिकित्सकका अनुसार त्यो उपकरण राखेपछि मेनुकाले एक्लै हिंड्न, मान्छेको अनुहार चिन्न सक्नेछिन्। ‘उनलाई आफैं थाहा हुनेछ कि उनको अगाडि को उभिएको छ ? सजिलैसँग पढ्न पनि सक्नेछिन् । उनका लागि यो ठूलो सहयोग हुनेछ,’ ती चिकित्सकले भने।

यो खबर थाहा पाएपछि इण्डियन आइडलकी जज श्रेया घोषालले भनिन्, ‘म निकै खुसी छु। नयाँ वर्षमा यो खुसीको खबर आएको छ। म यो क्षण हेर्नका लागि निकै आतुर छु।’ मेनुकाले पनि आफू उत्साहित रहेको बताइन्। त्यसपछि मेनुकाले गजबको पर्फमेन्स दिएकी थिइन्। यो पर्फमेन्समा जजले उठेर सम्मान व्यक्त गरे।

सम्बन्धित
Loading...