
कञ्चनपुरः लागूऔषधसहित कञ्चनपुरमा तीन युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटबाट २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन् ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सडकघाटका चौधरीलाई ७७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारी पक्राउ गरेको हो ।


यस्तै, भीमदत्त नगरपालिका-१० गडडाचौकी स्थित व्यारेलबाट दिवस कुँवर र प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भीमदत्त-३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त-१ का २८ वर्षीय प्रेमराज जोशीलाइ ०.८३ ग्राम लागूऔषधसहित पक्राउ परेका हुन् ।
ईलाका प्रहरीकार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुबै जनाहरुलाई पक्राउ गरेको हो । पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारि दिएको छ ।
