Skin_Hospital_Dhn

राष्ट्रियसभा सदस्य चयन गर्न सुदूरपश्चिम प्रदेशमा मतदान शुरु

धनगढीः राष्ट्रियसभा सदस्य चयन गर्न सुदूरपश्चिम प्रदेशमा मतदान शुरु भएको छ । निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान शुरु भएको हो ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ ।

सोहीअनुसार मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६ हजार १०० रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४ हजार ४५७ रहेको छ भने एमालेको मतभार १ हजार ४८० छ ।

सम्बन्धित
Loading...