आगो लागेर एक जनाको मृत्यु
काठमाडौँ ।
भैँसेपाटीमा आज आगो लागेर एक जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–२५ फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।