
सुनसरी: धरान उपमहागरपालिका नगर प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन्। साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन्।

व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए। राजधानी विराटनगरमा मतदान जारी रहेको छ। अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिएका थिएनन्।
