Skin_Hospital_Dhn

अछाममा जंगली जनावरका छालासहित एकजना पक्राउ

धनगढी: अछाममा जंगली जनावरका छालासहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मंगलसेन नगरपालिका–१२ ठाँटीखाँदका ३१ वर्षीय टंकबादुर शाही रहेका छन्।

अछाम प्रहरीका अनुसार उनलाई घरबाट जनावरका छालाहरू, सिङ र बन्दुकसहित पक्राउ गरिएको हो। गैरीटाँड प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...