Skin_Hospital_Dhn

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा मतगणना सुरु, २२५ जनाले गरे मतदान

धनगढीः राष्ट्रिय सभा सदस्यको लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा मतगणना सुरु भएको छ । भर्खरै मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिएका छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनी सबैले मतदान गरेका थिए

स्थानीय तहका १७६ जनप्रतिनिधि मध्ये एक जनाको निधन भएको थियो । १७५ जना मध्ये धनगढीमा मेयर गोपाल हमाल र भजनीकी उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।

यहाँ तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । केही बेरमै निर्वाचन परिणाम सार्वजनिक हुने भट्टले जानकारी दिए ।

सम्बन्धित
Loading...