Skin_Hospital_Dhn

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्तारुढ गठबन्धन विजयी

धनगढीः सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

आगामी फागुनमा पदावधि सकिएर रिक्त हुने तीन सिटका लागि बिहीबार मतदान भएको थियो। सत्तारुढ गठबन्धनमा दुई सीटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो।

सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी हुन्। चन्दले ४ हजार ४५३, भट्टले ४ हजार ४१९ र बोहराले ४ हजार ३४७ मत पाएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बिहीबार भएको मतदानमा स्थानीय तहका १ सय ७६ मध्ये १ सय ७३ जना र प्रदेश सभाका ५२ जनाले मतदान गरेका थिए । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवाले मतदान गरेनन् । एक जना बाजुराको स्वामी कार्तिककी उपाध्यक्ष मैना जोशीको हालै निधन भएको थियो।

मेयर हमाल स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयर हुन् । नाउपाकी तिरुवा बिरामी परेर मनदानमा अनुपस्थित भइन् । प्रदेश सभाका ५३ मध्ये एक जनाको मृत्यु भइसकेकाले ५२ जनाले मतदान गरेका हुन् । सुदूरपश्चिममा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

सम्बन्धित
Loading...