Skin_Hospital_Dhn

धनगढीको सौँराइ स्क्वायरमा लाइभ म्युजिक सुरु

धनगढी ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिद गेट नजिक रहेको सौँराइ स्क्वायरमा लाइभ म्युजिक सुरु भएको छ ।

साता को दुई दिन शुक्रबार र शनिबार साँझ ६ बजे देखि राति १० बजे सम्म लाइभ म्युजिक सुरु भएको हो ।

धनगढीमा रहेका स्थानीय कलाकारहरू लाई प्रोत्साहन र सम्मान दिने उद्देश्यले लाइभ म्युजिक सुरु गरिएको सौँराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले बताए । लाइभ म्युजिक सुरु भए संगै अब आलोपालो गरि नृत्य र गायनको कार्यक्रम राखिने उनले बताए ।

सौराई स्क्वायरका मुख्य आकर्षणका रुपमा एक सय बढी सिट क्षमता भएको लग्जरियस रेस्टुरेन्ट , धनगढीकै ठुलो डल्लुज फुट्सल , एक हजार बढी सिट क्षमता भएको सौराई ब्याङ क्युट र बृहत् गार्डेनका साथै प्रशस्त पार्किङको व्यवस्था समेत रहेको छ । साथै पछिल्लो समय फोटो सुट र टिकटक प्रेमीहरूको गन्तव्य बन्दै गएको छ ।

सम्बन्धित
Loading...