

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३० हजार ५ सय १० रुपैयाँ बराबरको चिनी, प्याज, मिठाई, मैदा, नरिवल, तेल, बिडी लगायतका सामान बरामद गरिएको छ । यस्तै जोशीपुर गाउँपालिका-३ मनिकापुरबाट अन्दाजी १८ हजार ५ सय रुपैयाँ बारबरका चिनी, बिडी लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिका-४ ‘घ’ गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छलीगरि ल्याएका अन्दाजी ६० हजार रुपैयाँ बराबरको माछा बिहीवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नष्ट गरिएको छ । दुबै जिल्लाबाट गरी जम्मा एक लाख नौ हजार दश मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
