Skin_Hospital_Dhn

डिलाशैनी गाउँपालिकाले गाउँघरमै भत्ता वितरण गर्न थाल्यो

बैतडीः बैतडीको एक गाउँपालिकाले गाउँघरमै भत्ता वितरण गर्न थालेको छ । डिलाशैनी गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र कुमारी बैंकको संयुक्त आयोजनामा पालिका भित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको हो ।

शिविर मार्फत अहिले दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख लोक राज जोशीले जानकारी दिए । कुमारी बैंक र डिलासैनी गाउँपालिकाको सँयुक्त आयोजनामा माघ ५ गतेबाट वडा तथा गाउँगाउँ पुगेर सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण कार्य सुरु गरिएको उनले बताए । वृद्धवृद्धा, अशक्त र आपाँङगता भएका व्यक्तिहरुको सहजताका लागि गाउँ गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहको उनले बताए ।

डिलाशैनीमा भत्ता विरतण कार्य माघ पाँच गतेदेखि सुरु भएको बताइको छ । वडा नम्बर २ र ३ मा बाँकी रहेको पञ्जीकरण शाखा प्रमुख जोशीले बताए । बाँकी रहेको वडा नम्बर २ बाटपनि बिहीवारबाट सुरु गरिएको र वडा नम्बर ३ मा माघ १४ गते भत्ता वितरण हुने उनको भनाइ छ ।

सम्बन्धित
Loading...