
बैतडीः महसुल नतिरेका ग्राहकको लाइन काटेपछि नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बैतडीमा १० लाख रकम राजश्व संकलन भएको छ। नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बैतडीले १हप्ता विद्युत लाइन काटेर १० लाख रकम राजश्व संकलन गरेको हो ।
ग्राहकको लाइन काटेपछि १०लाख रकम संकलन भएको र रकम बुझाउने ग्राहकको लाइन पुनः जडान गरिएको नेपाल विद्युत प्राधिकरण कार्यालय बैतडीले जनाएको छ।


विद्युत लाइन काट्ने क्रम अझैपनि जारी रहेको बताइएको छ। २ महिनासम्मको महसुुल नतिर्ने ग्राहकको लाइन काट्ने नियम रहेकाले बेलैमा आफ्नो बक्यौता महसुुल बुझाउन बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडे सबैलाई आग्रह गरेका छन्।
जिल्लाका १सय ८५ ग्राहकको विद्युत लाइन काटिएको र महशुल नतिरेको ग्राहकको विद्युत लाइन काटिएसँगै रकम तिरेपछि मात्रै पुनः जडान गर्ने काम भैरहेको उनले बताए।
बैतडीमा हालसम्म २ करोडबढी रकम विद्युत महसुुल वक्यौता रहेको विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ। केन्द्रको निर्देशनअनुसार नेपाल विद्युत प्राधिकरणले बैतडीले पनि महसुल नबुझाउने ग्राहकको नियमानुसार लाइन काटेर महसुल संकलन गरिरहेको छ।
