बानेश्वरमा बस गुडिरहेका बेला सडक भासिएपछि… नयाँ सन्देश प्रकाशित मितिः २०८० माघ १२, शुक्रबार १२:२१ काठमाडौं: काठमाडौँको नयाँबानेश्वर चोकस्थित सडकमा गुडिरहेको बस भासमा परेको छ। आज शुक्रबार रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेका बेला बानेश्वरमा सडक भासिएको हो। सर्भिस लेनतर्फको सडकमा बसका चक्का गाडिएका हुन्।सडक भासिएर गाडी कोल्टो फर्नासाथ यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए।