

धनगढीः सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएका छन्। आज (शुक्रबार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा धामीलाई चयन गरेको हो।
यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर धामीलाई दलको नेता बनाइएको बताइएको छ। पूर्व वनमन्त्रीसमेत धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सहभागी छ।
