
काठमाडौंः नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (बिहीबार) पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
