Skin_Hospital_Dhn

प्रादेशिकत महोत्सवमा नक्कली टिकट प्रकरणः छानबिनमा दबाब दिन संघर्ष समिति गठन

धनगढीः सुदूरपश्चिम प्रादेशिक महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दबाब दिन सघर्ष समिति गठन गरिएको छ । कैलालीको अत्तरिया आयोजित महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न आज (शुक्रबार) अत्तरियाका व्यवसायीहरुको भेलाले गणेश बलायरको संयोजकतत्वमा संघर्ष समिति गठन गरेको हो ।

समितिको सह–संयोजकमा नैनसिह कार्की र सचिवमा धनादेवी चोखाल रहेका छन् । समितिमा २० जना सदस्य छन् । भेलाले वीरबहादुर चोखालको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा धर्मसिंह कुँवर, सन्तोष सिह, टीकाराम आचार्य र गणेश महरा रहेका छन् ।

अत्तरियामा पुस २६ देखि माघ ७ गते सम्म सञ्चालित प्रादेशिक महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

सम्बन्धित
Loading...