

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३५ हजार ६ सय ४० मूल्य बराबरको राजिस्थानी ब्लाउज १ रोल, प्याज, मिठाई लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भजनी नगरपालिका-३ धुसीबाट अन्दाजी ३३ हजार ४ सय मूल्य बारबरका चिनी, सुर्ती, बिडी, सुर्ती लगायतका सामान गरी जम्मा अन्दाजी ६९ हजार ४० मूल्य बराबरको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
