Skin_Hospital_Dhn

धनगढी विमानस्थलको उडान दुई दिनदेखि ठप्प

धनगढीः कैलालीको धनगढीसहित पश्चिम तराइमा हुस्सु लागेपछि धनगढी विमानस्थलको उडान दुई दिनदेखि ठप्प भएको छ ।

धनगढी विमानस्थल कार्यालयका अनुसार शुक्रवार बिहान श्री एयरको विमान धनगढीबाट काठमाडौँ गएको छ । तर, काठमाडौँबाट धनगढी विमान आएका छैनन् । बिहिवार साँझ धनगढी आएको श्री एयर शुक्रवार बिहान काठमाडौँ फर्किएको हो ।

धनगढी विमानस्थल क्षेत्रमा न्यूनतम भिजिविलिटीसमेत नभएकाले विमान अवतरण गर्न समस्या भएको छ । धनगढी विमानस्थल क्षेत्रमा एक हजार एक सय मिटरको मात्र भिजिबिलिटी रहेको छ । विमान अवतरणका लागि विमानस्थल क्षेत्रमा कम्तीमा एक हजार सात सय मिटरको भिजिविलीटी आवश्यक हुन्छ ।

विमानस्थल क्षेत्रमा जडान गरिएको भिओआरडिएमइ उपकरणलेसमेत एक हजार सात सय मिटर भिजिबिलिटी भएमात्र विमान अवतरणका लागि सहयोग गर्ने कार्यालयले जनाएको छ । धनगढीमा हुस्सु र शीतलहर कम भए मात्र विमान अवतरण हुने कार्यालयले बताएको छ । कैलालीको धनगढी विमानस्थलबाट दैनिक श्री एयरका चार र बुद्ध एयरले दुई वटा उडान भर्दै आएको छ ।

सम्बन्धित
Loading...