Skin_Hospital_Dhn

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी, अब १९६ राष्ट्रले राख्नेछन् निगरानी

काठमाडौं: सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।

सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते नै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो।

सोही पत्रअनुसार इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्ने छन्। उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ।

ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

अहिले यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ। उजुरी परेका सबै जिल्लाबाट फाइल मगाएर सीआईबीले अनुसन्धान थालेको छ।

सम्बन्धित
Loading...