
धनगढी । श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन्।

कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए। तत्कालिन समयमा प्रेमले नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो।

कर्तव्य ज्यान मुद्दाका विकलाई कैलाली प्रहरीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
