Skin_Hospital_Dhn

आगलागीबाट बझाङमा एक भैंसीसहित दुई गोठ जले

बझाङः बझाङको मष्टा गाउँपालिका–७ तल्ला ठकुन्नामा आगलागीबाट एक भैंसीसहित दुई गोठ जलेका छन्। शनिबार राति १० बजेको समयमा ठकुन्ना गाउँ नजिकै रहेको स्थानीय धुर्व बोहरा र जब्बरे बोहराको गोठमा आगलागी भएको हो।

स्थानीयले राति गोठ जलेको देखेपछि त्यहाँ पुगेका थिए। तत्काल आगलागी नियन्त्रणमा लिन नसकेर गोठमा बाँधेको एउटा भैंसी जलेको र अन्य पशुचौपायाहरुलाई बाहिर निकालिएको वडाध्यक्ष धनबहादुर जेठाराले जानकारी दिए। आगलागीबाट करिब डेढ लाख बढी क्षति भएको अनुमान गरिएको छ।

सम्बन्धित
Loading...