Skin_Hospital_Dhn

सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

काठमाडौंः नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित
Loading...