Skin_Hospital_Dhn

बैतडीका महरा मलेसियामा बेपत्ता, खोजी गरिदिन आग्रह

बैतडी: बैतडीका एक युवक बेपत्ता भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका २४ वर्षीय धिरेन्द्र महरा मलेसियामा बेपत्ता भएका हुन्।

पारिवारिक स्रोतका अनुसार महरा करिव १ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए। उनी बिस्क्युट उत्पादन कम्पनीमा कामा गर्दथे। काम गरिरहेका उनमा मानसिक समस्या देखिएपछि कम्पनीले टिकट काटेर नेपाल पठाएको थियो।

गत पुस २१ गते हिमालयन एयरलाइन्सको टिकट काटेर घर फर्किने कर्ममा उनी मलेसियाकै क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहीन भएका उनका आफन्त धिरेन्द्र महराले जानकारी दिए।

नेपाल आउनका लागि टिकट काटेर विमानस्थल पुगेका महरा सोही ठाउँबाट बेपत्ता भएका उनले बताए। उनी बेपत्ता भएपछि सोधपुछ गर्दा अत्तोपत्तो नलागेको उनको भनाइ छ। अहिले पनि खोजतलासको काम जारी रहेको र कहिँकतै पत्ता नलागेको पारिवारिक स्रोतले बताएको छ।

मलेसियास्थित नेपाली दूतावासलाई भने महरा बेपत्ता खबरबारे जानकारी नभएको बताइएको छ। घर फर्किरहेका धिरेन्द्र बेपत्ता भएपछि घरपरिवार चिन्तित भएको छ। उनकाको खोजीका लागि घरपरिवारले सरकारलाई आग्रह गरेको छ।

सम्बन्धित
Loading...