
काठमाडौंः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फिल्म ‘नमेटिने घाउ’मार्फत अभिनयको सुरुवात गर्दै छन् ।

उनले फिल्म ‘नमेटिने घाउ’मार्फत अभिनयमा डेब्यु गर्दै छन् । आज काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो ।

यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्म एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ ।
