Skin_Hospital_Dhn

कैलालीमा आसर सुधार गृह सञ्चालन

धनगढीः कैलालीमा आसर सुधार गृह सञ्चालनमा आएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१४ मा रहेको आसरा सुधार गृह हिजो (शनिवार)बाट सञ्चालनमा आएको हो ।

नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशले लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिहरूका लागि सुधार गृह सञ्चालन गर्न यसअघि नै सुधार गृहको उद्घाटन भएको थियो ।

हिजो (शनिवार) सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीको उपस्थितिमा सुधार गृह सञ्चालनमा आएको हो । सुधार गृहका लागि वरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर चन्दको कमान्डमा प्रहरी खटाइएको छ भने प्रमुख मनोविमर्शकर्तामा रामसिंह भण्डारीलाई नियुक्त गरिएको छ ।

सुधार गृहमा सम्पर्क गर्न मोबाइल नम्बर ९८५८४७६१७७, ९८६३०३५८१९ र ९८४८७२७०६१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सम्बन्धित
Loading...