
डोटीः डोटीमा बहुलाहा कुकुरले एकैदिन १० जना मानिसलाई टोकेको छ। बहुलाहा कुकुरले आइतबार एकैदिन दिपायल सिलगढी नगरपालिका–४, ५ र ६ का १० जनालाई टोकेको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टकाअनुसार उक्त कुकुरलाई स्थानीय नागरिक, नेपाल प्रहरी, भेटेरिनरी अस्पताल र स्थानीयको संयुक्त प्रयासबाट नियन्त्रणमा लिई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीमा पठाइएको छ।

बहुलाहा कुकुरले टोकेका सबै जनाले रेबिजको सुई लगाई सामान्य अवस्थामा घर फर्किएको प्रहरीले जनाएको छ।
