Skin_Hospital_Dhn

तामाङ समुदायले आज सोनाम ल्होछार मनाउदै

काठमाडौँ ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा आज सोनाम ल्होछार—२८५९ मनाउदैछन् । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।

सोनाम ल्होछार पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सव दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

सम्बन्धित
Loading...