
रुकुम पश्चिमः रुकुम पश्चिममा स्थानीय केही युवाले हातपात गर्दा दुई प्रहरी जवान घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिकाको इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् ।

हिजो (आइतबार) साँझ बाँफिकोट–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवादबारे बुझ्न पुगेका शाही र खड्कालाई स्थानीयले आक्रमण गर्दा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी धर्मेन्द्र खड्काले बताए ।

उनले भने, ‘स्थानीय युवाबीच झगडा भएको भन्ने सूचना आयो । त्यसपछि घटनास्थलमा पुगेर प्रहरीले सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण भयो ।’
घाइतेलाई उपचारका लागि आइतबार राति नै जिल्ला अस्पताल सल्ले ल्याइएको र थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले बताएको छ । साथै घटनामा संलग्नहरुको खोजी र घटनाबारे थप अनुसन्धान पनि भइरहेको प्रहरीले बताएको छ ।
