Skin_Hospital_Dhn

कञ्चनपुरबाट एक बालक बेपत्ता

कञ्चनपुरः कञ्चनपुरबाट एक बालक बेपत्ता भएका छन् । कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको वाणीबाट धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ओमप्रकाश जोशी बेपत्ता भएका हुन् ।

आइतबार दिउँसो खाना खाएर ‘एकै छिनमा आउँछु‘ भनेर घरबाट निस्केका उनी घर नफर्केको आफन्तले बताएका छन् । ओमप्रकाशकी आमा सावित्री जोशीले प्रहरी चौकी वाणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएको जानकारी दिइन् ।

वाणी प्रहरीले दिउँसोको समयमा ओमप्रकाश साइकल हाइसमा राखेर महेन्द्रनगरतिर गएको सिसी क्यामेरामा देखिएको बताएको छ । उनको मोबाइल ट्रयाक गर्दा आइतबार बेलुकी दोधाराचाँदनी क्षेत्रमा देखिएको बताइएको छ ।

सम्बन्धित
Loading...