Skin_Hospital_Dhn

एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको समितिले तयार पार्‍यो प्रतिवेदन

काठमाडौंः एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने भएको छ । सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।

सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो ।

सरकारले मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सम्बन्धित
Loading...