Skin_Hospital_Dhn

भिरबाट लडेर दार्चुलामा एक महिलाले गुमाइन् ज्यान

दार्चुलाः भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी अन्दाजी ३२ वर्षीया थुचा धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

भिरबाट दुईसय मिटर तल खसेको अवस्थामा धामीको शव फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित
Loading...