Skin_Hospital_Dhn

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौंः नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
Loading...