Skin_Hospital_Dhn

नेप्से परिसूचक आज १०.२६ अंकले बढ्यो, कति भयो कारोबार ?

काठमाडौंः नेप्से परिसूचक आज (सोमबार) १०.२६ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशतले बढेर २१०४.७२ को विन्दुमा कायम भएको हो ।

तीन सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता सेयर एक लाख तीन हजार एक सय ५३ पटक खरिद–बिक्री हुँदा चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बैंकिङ समूह ०.०६, लघुवित्त समूह ०.०५ र निर्जीवन बिमा समूह ०.११ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै ‘अन्य’ समूह १.६४ र जलविद्युत् समूह १.०८ प्रतिशतले बढेका छन् ।

युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गरिमा डिबेन्चर– २०८५ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै ६० करोड १६ लाख ७१ हजार आठ सय नौ रपैयाँ बराबरको नौ लाख पाँच सय ११ कित्ता सेयर किनबेच भएको छ ।

सम्बन्धित
Loading...