अछामः भिरबाट लडेर अछाममा एक पुरुष घाइते भएका छन् ।
जिल्लाको ढकारी गाउँपालिका–८ पल्साताका ३३ वर्षीय भरत भण्डारी बाख्रा चराउन जङ्गल गएका बेला भिरबाट लडेर घाइते भएका हुन् । घाइते भण्डारीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको अछाम प्रहरीले जानकारि दिएको हो ।